कालिञ्चोक गाउँपालिकाका चार दर्जन विद्यार्थीले पाए छात्रवृत्ति
२९ मंसिर, दोलखा । विगत लामो समयदेखि दोलखामा काम गर्दै आएको एजुकेट द चिल्ड्रेन (ईटिसि) नामक संस्थाले करिव ४ दर्जन विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त संस्थाले कालिञ्चोक गाउँपालिका वडा नम्वर २, ३, ५ र ६ का प्लस टु र प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्ने भएको हो । छात्रवृत्ती वितरणका लागि ईटिसिले लिखित र मौखिक अन्तर्वार्ता पछि हालै ४७ जना सफल विद्यार्थीहरुको नतिजा समेत प्रकाशित गरेको छ । जसमा प्राविधिक शिक्षाफर्त ७ जना सफल र ३ जना विद्यार्थीहरुको नाम बैकल्पिकमा प्रकाशित गरिएको छ भने ३९ जना प्लस टु तर्फका विद्यार्थीहरुको नतिजा सार्वजानिक गरिएको छ ।
ईटिसि दोलखाका कार्यक्रम सहायक जंग थामीले दलित, जनजाती, सिमान्तकृत तथा जेहेन्दार तथा अतिविपन्न समुहका विद्यार्थीहरुको नाम प्रतिस्पर्धाका आधारमा प्रकाशन गरिएको जानकारी दिए । उनका अनुसार छात्रवृत्ती स्वरुप प्राविधिक तर्फका विद्यार्थीहरुले दुई किस्तामा २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्लस टु तर्फका विद्यार्थीहरुले मासिक ६ सयका दरले रकम प्राप्त गर्नेछन् । यो वर्षको अध्ययनको नतिजा राम्रो भए हाल छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीहरुले अर्को बर्षपनि पाउने ईटिसिले जनाएको छ ।
एजुकेट द चिल्ड्रेन र फासेलुङ्ग सामाजिक सेवा नेपाल एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले सो छात्रवृत्ती प्राप्त गरेका हुन् । ईटिसि नामक संस्थाले हाल दोलखाको कालिञ्चोक गाउँपालिकाका ३ वटा वडामा शिक्षा, कृषि लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।
छात्रवृत्ती पाउने विद्यार्थीहरुको नतिजा यस प्रकार छ ः