स्वतन्त्र उम्मेदवारी दिएर विजयी भए (दीपक मनाङे)

Friday, December 8th, 2017 |

२२ मंसिर, काठमाडौं । हिमाली जिल्ला मनाङ प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिएका राजीव गुरुङ (दीपक मनाङे) विजयी भएका छन् ।

उनले १ हजार ४ सय १० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङलाई पराजित गरेका हुन् । कर्मले १ हजार २० मत प्राप्त गरेका छन् । मनाङेले ३९० मततात्नरमा उनलाई पराजित गरेका हुन् ।

मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् ।

VIEWS: 176