मिश्रले भने ः आफ्नो पक्षमा असाधरण उत्साह, दवावमा परेको सिंहको स्वीकारोक्ति

Thursday, December 7th, 2017 |

२१ मंसिर, काठमाण्डौँ । विकेकशील साझा पार्टीका संयोजक समेत रहेका काठमाण्डौँ क्षेत्र नम्वर १ का प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रले तराजुमय माहोल देखिएको भन्दै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मिश्रले आफ्नो पार्टी प्रति मतदाताको आकर्षण उत्साहजनक र असाधरण रहेको समेत बताए । “हामी जोखिम मोलेरै चुनावमा होमिएका हौँ, उनले भने, छाटो अवधिमै जनतामा देखिएको आकर्षणबाट हामी उत्साहित छौँ ।”
आफु काठमाण्डौँ क्षेत्र नम्वर १ वाट निर्वाचन लडेपनि मिश्रले ललितपुरबाट मतदान गरेका हुन् । मताधिकार प्रयोगबाट कोहीपनि छुट्न नहुनेमा जोड दिँदै मिश्रले भोट हाल्न सबै मतदातालाई अपिल पनि गरे ।

यसैविच रविन्द्र मिश्रका प्रतिस्पर्धी नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले यो पटकको निर्वाचनम केही दवावमा परेको संकेत गरेका छन् । मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले घुमाउरो भाषामा दवावमा परेको स्वीकार गरे । त्यति ठुलो दवाव त होईन, तरपनि नयाँ पार्टीको प्रमुख व्यक्ति उठ्दा बढि चर्चा हुनु स्वभाविक हो, उनले भने ।

दवाव महसुस गरेको सिंहकै अभिव्यक्तिबाट प्रष्ट संकेत मिलेपनि उनले प्रतिपस्र्धीको धरातल कमजोर भएकाले आफु विजयी हुने दावी पनि गरे । सोही क्षेत्रबाट बाम गठबन्धनबाट साझा उम्मेदवारको रुपमा अनिल शर्मा चुनावी मैदानमा छन् ।

VIEWS: 248