६४ जिल्लाबाट आयो मतदान केन्दको प्रस्ताव

Monday, April 3rd, 2017 |

निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको बताएको छ । ६
४ जिल्लाबाट स्थानियस्तरबाट मतदान केन्द्रका लागि प्रस्ताव आईसकेको र ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्म दुई नम्बर प्रदेशका जिल्लाबाटभने कुनैपनि केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या भएको हो । समस्या समाधानको प्रयास भइरहेको र २० गतेसम्ममा सबै जिल्लाको टुंगो लाग्ने आयोगको विश्वास छ ।मतदान केन्द्र र मतदाता नामावली एकै पटक टुङगो लगाउने तयारी आयोगको छ । २० गतेसम्म मतदाता नामावली र मतदान केन्द्र दुवैलाई टुंगोमा पुर्याउने गरी आयोगले काम गरिरहेको छ । यस्तै मतपत्र छपाईको काम पनि धमाधम भइरहेको छ । शुक्रबारसम्म १८ जिल्लाका लागि मतपत्र छपाईको काम सकिएको र अरु चार जिल्लाको मतपत्र छपाई आजदेखि सुरु हुने आयोगले जनाएको छ । वैशाख पहिलो हप्तादेखिभने घरघरमा मतदाता शिक्षा चलाउने आयोगको तयारी छ

VIEWS: 88