उम्मेदवार बिरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी
Tuesday, December 5th, 2017 | krishak khabar
१९ मंसिर । काठमाण्डौँ । नेपाली कांग्रेसले पर्सि २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा कांग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी दिए ।
कांग्रेसले पार्टीका विभिन्न तहका कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत पार्टीका आधिकारिक उम्मेदवारविरुद्धमा असहयोग गरेको पाइएमा यथाशीघ्र पार्टीको केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन गरेको छ ।
–रासस
ताजा खबर
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023
पानी अभावले धान रोपाइँ ढिलो
Wednesday, July 26th, 2023
चक्लाबन्दीमा आकर्षित हुदै किसान
Monday, July 17th, 2023
बिरुवा लिन सर्वसाधारणको भिड !
Monday, July 10th, 2023