आवास पुर्ननिर्माणका लागि सरकारले पुनः डकर्मी तालिम दिँदै,

पुर्ननिर्माण कार्यले गति लिने अपेक्षा

Monday, December 4th, 2017 |

१८ मंसिर । काठमाण्डौँ । सरकारले भुकम्प प्रभावित ३१ वटा जिल्लाका स्थानीय तहमा पुन डकर्मी तालिम संचालन गर्ने भएको छ । भुकम्पबाट क्षति भएका निजी आवास पुर्ननिर्माणको लागि तालिम प्राप्त डकर्मीको अभाव रहेको भन्दै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुन यस्तो तालिम संचालन गर्न लागेको हो ।

जसवाट स्थानीय तहमै तालिम प्राप्त, भूकम्प प्रतिरोधी घर बनाउन सक्ने डकर्मी उत्पादन गर्ने जनाईएको छ । भुकम्प प्रभावित ३१ वटै जिल्लामा ७ दिनसम्म संचालन हुने तालिम पछि पुर्ननिर्माण कार्यले गति लिने केन्द्रिय आयोजना कार्यान्वयन ईकाईका अधिकारीहरुको विस्वास छ ।
तलिमका लागि यहि मंसिर २४ गतेसम्म ईच्छुक योग्य व्यक्तिहरुबाट आवेदन माग गरिएको आयोजना निर्देशक ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार तालिम लिन ईच्छुक व्यक्तिहरु डकर्मी काम गरिरहेको हुनुपर्ने, यसअघि कुनैपनि संघ संस्थाबाट भूकम्प प्रतिरोधी डर्की तालिम नलिएको हुनुपर्नेछ । गाउँ र नगरपालिकाका वडाहरुमा संचालन हुने तालिमका प्रशिक्षार्थीहरुलाई दैनिक ७ सयका दर भत्ता दिईने बताईएको छ ।

VIEWS: 345