थामी समुदायले राजधानीमा मनाए उद्यौली (भुमे) पर्व, (हेर्नुस् फोटो फिचर)

Sunday, December 3rd, 2017 |

१७ कात्तिक । काठमाण्डौँ । अतिसिमान्तकृत थामी समुदायले आफ्नो मुख्य पर्व उद्यौली (भुमे पुजा) आईतवार राजधानी काठमाण्डौँमा मनाएका छन् । नेपाल थामी समाज, नेपाल थामी विद्यार्थी संघ, नेपाल थामी युवा संघ र नेपाल थामी महिला समाजले संयुक्त रुपमा ललितपुरको हात्तीवनमा आयोजना गरेको विशेष समारोहकाबीच उद्यौलीको शुभकामना आदान प्रदान गर्नुका साथै साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन गरियो ।

कार्यक्रममा थामी समुदायको परम्परागत सँस्कृति झल्कने झाँक्री नाच, मारुनी लगाएतका नाच प्रस्तुत गर्नुका साथै थामी समुदायका कलाकारहरुले विशेष प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । आईतवार उद्यौली अर्थात भुमे पर्व मनाउनुअघि शनिवार परम्परागत मान्यता अनुसार रातभर झाँक्रीहरुद्धारा डाल राखि जाग्राम बसिएको थियो ।  हेर्नुस् फोटो फिचर ः

udhauli thami-sajhaboli

VIEWS: 1067