सालकको खपटा सहित दोलखाका युवक पक्राउ

Friday, November 24th, 2017 |

८ कात्तिक, दोलखा । सालकको खपटा सहित पक्राउ परेका दोलखा जिल्ला तामाकोसि गाउँपालिका २ का एक युवकलाई कारवाही प्रक्रिया अघि बढाईएको छ । हालै पक्राउ परेका दोलखा जिल्ला तामाकोसि गाउँपालिका वडा नम्बर २ घर भएका २७ बर्षिय राज तामाङ बिरुद्ध काराबाही प्रक्रिया अघि बढाईएको हो ।

उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीको टोलीले ललितपुर महानगरपालिकाको ग्वार्कोबाट सालकको १ केजी खपटा सहित पक्राउ गरेको थियो । तामाङले संरक्षित वन्यजन्तु सालकको खपटा ओसार पसार गरी खरिद विक्री समेत गर्न भनि बोकी ल्याएको अवस्थामा पक्राउ परेको र आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय ललितपुर बुझाईएको सिआईबीका प्रवक्ता, प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

गैर कानुनी गरिकाले संरक्षित वन्यजन्तु सालक मार्ने, आखेटोपहार राख्ने, खरिद विक्री गर्ने वा ओसार पसार गर्ने व्यक्तिलाई पाँच लाख देखि दश लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ । साईटिस महासन्धी १९७५ ले सालकलाई लोपोन्मुख प्रजातिको सुचीमा राखेको छ । उक्त महासन्धीमा नेपालले समेत हस्ताक्षर गरेका कारण नेपालमा सालक र त्यसको आखेटोपहार शिकारी, चोरी, तस्करी प्रतिबन्धित छ ।

VIEWS: 1149