पहिलो चरणको निर्वाचनका लागि मौन अवधि सुरु हुँदै
७ मंसिर, काठमाडौं । यही मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि मध्यरात १२ बजेदेखि सुरु हुनेछ । पहिलो चरण अन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनका लागि मौन अवधी सुरु हुने भएको छ ।
मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार कार्य औपचारिक रुपमा अन्त्य भएको मानिन्छ । अब राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत निर्वाचन सम्पन्न नहुन्जेल कुनैपनि प्रकारका चुनावी प्रचार(प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।
एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न नपाइँने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगका अनुसार मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था छ ।
पहिलो चरणको निर्वाचनका लागि आजरातीदेखि मौनअवधि लागू भएपनि दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार(प्रसार कार्य जारी रहनेछ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता आजैदेखि लागु हुने आयोगको भनाई छ ।