दोलखाली होचा कलाकार दिपेन शाहको निधन

Thursday, November 16th, 2017 |

३० कात्तिक, काठमाडौं । पछिल्लो समय हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ बाट चर्चा कमाएका दोलखाली होचा कलाकार दिपेन शाहको निधन भएको छ । ्झ्याईकुटी झ्याईमा शाह दिपेन सरको भूमिकामा थिए ।

बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनीको उचाई ३१ इञ्च मात्र थियो ।

केही दिनअघि अकस्मात स्वास्थ्यमा समस्या आएपछि आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शाह २०५५ सालमा दोलखा भिमेश्वर नगरपालिका ७ मकैवारीमा जन्मिएका हुन् । उनी ‘सारथी नामक चलचित्र मार्फत अभिनयको क्षेत्रमा पनि प्रवेश गरेका थिए ।

ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत शाह विश्वकै होचो कलाकारको रुपमा गिनिज बुक अफ दि वडल्र्डमा रकर्डमा नाम लगाउने प्रयासमा थिए । उनको पार्थिब शरिरलाई श्रृद्धाञ्जलीका लागि नेपाल एकाडेमीमा राखिएको छ ।

VIEWS: 236