दोलखामा साना दलहरु वाम ध्रुबीकरणमा केन्द्रित हुँदै, फोरमका उम्मेदवारसहितका अधिकांस नेताहरु एमालेमा प्रवेश

Wednesday, November 8th, 2017 |

२२ कात्तिक । दोलखा । संघिय समाजवादी फोरम, नेपाल दोलखाका उम्मेदवार सहित अधिकांश नेता तथा कार्यकर्ताृ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सदरमुकाम चरिकोट स्थित एमाले पार्टी कार्यालयमा बुधवार विहान आयोजित कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार लक्ष्मण गुभाजु, जिल्ला अध्यक्ष ईन्द्र तामाङ, जिल्ला उपाध्यक्ष टहल बहादुर थामी, जिल्ला सचिव सोनाम शेर्पा, जिल्ला सह सचिव प्रमिला श्रेष्ठ, नरबहादुर लामा, जिल्ला युवा ईन्चार्ज दोर्जे शेर्पा लगाएत करिव ३ दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले पोलिट व्युरो सदस्य पशुपति चौलागाई, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्वत गुरुङ, पुर्ब पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, जिल्ला अध्यक्ष ईश्वचन्द्र पोखरेल लगाएतका नेताहरुले पार्टीमा स्वागत गरे । जिल्लाको समस्या समाधानका लागि पार्टी केन्द्रले कुनै चासो नदिएकाले एमालेसँग पार्टी समायोजन गरिएको फोरम जिल्ला अध्यक्ष ईन्द्र तामाले बताए ।

पार्टी एकिकरणको घोषणापछि एमाले जिल्ला अध्यक्ष पोखरेल र फोरम जिल्ला अध्यक्ष तामाङले संयुक्त विज्ञप्ती जारी गर्दै वाम एकतालाई थप मजबुत बनाउन पार्टी एकिकरण भएको घोषणा गरिएको जनाएका छन् । विज्ञप्तीमा फोरम मातहत रहेका कमिटीहरु र जनवर्गिय संगठनहरुपनि एमालेमा एकिकरण भएको जनाईएको छ ।
एकसाता अघि मात्रै नयाँ शक्ति पार्टी नेपाल र एमालेबीच पार्टी एकिकरण भएको घोषणा गरिएको थियो ।

uml&phoram-sajhaboli

uml&phoram-sajhaboli

uml&phoram-sajhaboli

VIEWS: 496