मोटरसाईकलले ठक्कर दिएको अभियोगमा लामा पक्राउ

Monday, November 6th, 2017 |

२०, कात्तिक । दोलखा । सडकमा हिडिरहेको व्यक्तिलार्ई मोटरसाईकलले ठक्कर दिएको अभियोगमा दोलखाका भिमेश्वर नगरपालिकाका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका ७ मकैवारीका ३६ बर्षिय गोपी लामा रहेका छन् । उनलाई गत १६ गते लामोसाँघ जिरी सडक खण्ड अन्तर्गत पर्ने भिनपा ६ को दुधडेरी नजिकै भिनपा ८ बोच निवासि सुर्य थापालाई ठक्कर दिएको अभियोगमा पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६१६९ नम्वरको मोटरसाईकलले ठक्कर दिएपछि फरार चालकलाई सोममवार पक्राउ गरिएको हो । उनीमाथी अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

VIEWS: 175