विशाल खड्का भन्छन् ः काँग्रेसलाई १० बर्षपछि बत्ती बालेर खोज्नुपर्छ, (भिडियो सहित)
१९ कात्तिक, दोलखा । माओवादी केन्द्रका युवा नेता तथा दोलखा प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले १० बर्षपछि काग्रेसलाई बत्ती बालेर खोज्नुपर्ने बताएका छन् ।
दोलखा मेलुङ गाउँपालिकाको पोवटीमा आईतवार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै खड्काले काग्रेस १० वर्षपछि ईतिहाँस बन्ने दावी गर्नुभयो । नेपालमा कम्युनिष्ट पार्टीहरु मिल्ने प्रक्रियाको सुरुवात भैसकेको छ, अव एउटै कम्युनिष्ट पार्टी बन्दैछ, दश वर्षपछि काग्रेसलाई ईतिहाँसमा मात्रै भेटिनेछ, खड्काले भने ।
नेपाली काग्रेस जनताको मतको हिसावले कहिल्यै ठुलो पार्टी नभएपनि कम्युनिष्टहरु फुट्दा सत्तामा हालीमुहाली गरेको उनले बताए । अब स्थायी सरकार बनेर जनताको जिवन बदल्दै देश समृद्ध बनाउने दिन आएको उनको भनाई छ । दोलखामा कहिले एमाले र कहिले माओवादीलाई ठुलो बनाउनुभयो, तर अब एउटै पार्टी बाम गठबन्धनलाई ठुलो बनाउनुहोला मतदातालाई आग्रह गर्दै उनले भने, हिजोको माओवादी र एमाले भएर भोट माग्न आएका होईनौँ, नयाँ ईतिहाँस निर्माणका लािग भोट हाल्नुस् ।
विगतमा एमाले र माओवादीले एकले अर्कालाई पिडा र क्षति हुने काम गरेको स्मरण गर्दै नेता खड्काले अव विगत भुलेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । विगतको कमीकमजोरी भयो होला, एकले अर्कालाई पिडा दिने र क्षेति हुने कामपनि भए होला आफ्नो विगत सम्झेर उनले भने, मत पनि साँढे ७ वर्ष जेल बसेको, १८ पटक हिरासत व्यहोरेको, १८ भन्दा बढि मुद्धा खेपेको, खुट्टाको नलि भाँचिएको द्धन्द्धपिडित हुँ ।
पवटीको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै (भिडियो जनता टाईम्स)
https://www.facebook.com/jantatimes/videos/2000446316899674/