युनिभर्सिटी कप टी-ट्वान्टी क्रिकेट भोलिदेखि
२१ चैत, काठमाडौं । युनिभर्सिटी क्रिकेट क्लवको आयोजनामा हुने युनिभर्सिटी कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।
उपत्यकाका १५ कलेजका १६ टिमले सहभागिता जनाउने प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । प्रतियोगिता भोलिदेखि चैत २९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल इञ्जिनियरिङ कलेजको दुई टिम, त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस, निस्ट कलेज, ग्लोवल कलेज, सेन्ट लरेन्स कलेज, शंकरदेव क्याम्पस, शहीद स्मारक क्याम्पस, पाटन एकेडेमी अफ हेल्थ साइन्स, कसकस कलेज, नेपाल कमर्स क्याम्पस, राजर्षी क्याम्पस, के एण्ड के क्याम्पस, गोल्डेन गेट कलेज र काठमाडौं विश्वबिद्यालयको टोलीले सहभागिता जनाउनेछन् ।
नयाँ खेलाडीको उत्पादन मूख्य उद्देश्यको रुपमा लिइएको प्रतियोगिताका पाँच उत्कृष्ट खेलाडी र ३ उदयीमान खेलाडीलाई ग्रेड हिमालयन क्रिकेट एकेडेमीले एक बर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरु खेलाउनेछ ।
१० लाख अनुमानित बजेट रहेको प्रतियोगिताको उपाधि बिजेताले १ लाख र उपबिजेताले ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता नकआउट फर्म्याटमा हुनेछ ।