कांग्रेसका उम्मेदवारले मेला र एनजिआको कार्यक्रम पनि छाडेनन्

Thursday, November 2nd, 2017 |

कात्तिक १६, दोलखा । दोलखाको लादुकमा खुल्ला दिशामुक्त घोषणा कार्यक्रमको लागि सुआहारा भन्ने गैर सरकारी सँस्थाले मान्छे भेला पारेको थियो । त्यहाँ करिब पाँच सय जनताको उपस्थिति थियो । त्यसैको सेरोफेरोमा चुनाव प्रचार गर्दै पुगेका नेपाली काग्रेसका उम्मेदवार र नेताहरुले एउटा कुनामा सिमित मान्छेहरु भेला गरेर कार्यक्रम गर्दै थिए ।

यो घट्ना २०७४ साल कात्तिक १५ गतेको हो । आफ्नो भेलामा मानिसहरु नगईदिएपछि काग्रेस समर्थक मिडियाहरुले एउटा उपाय अपनाए । जुन उपाय अहिले अनलाईन र सामाजिक संजाल फेसबुकमा भाईरल बनाईएको छ । सुआहारा संस्थालाई नै विवादमा तानिने गरेर खुल्ला दीसामुक्त कार्यक्रममा आएका जनतालाई काग्रेसको भेलामा उपस्थित काग्रेसी समर्थक भनेर कुप्रचार भैरहेको छ ।

 

काग्रेसको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका रुद्र बहादुर खड्का आफै उपस्थित भएर त्यस्तो गलत र भ्रामक समाचार सम्प्रेषण गर्न आफ्नो समर्थक पत्रकारहरुलाई उक्साएपछि अहिले लादकुका जनता आक्रोसित छन् । त्यस्तै अर्को रमाईलो घट्ना गैरीमुदी स्थित एकादशी मेलामा पनि भयो । उक्त मेला भर्न आएका जात्रेलीहरुलाई पृष्ठभुमिमा पारेर केही मेचहरु राखिए ।

 

उक्त मेचमा काग्रेसका उम्मेदवारहरु बसे । केही बोल्दै नाचगानमा समेत रमाए । जात्रा भर्न आएका सयौँ मानिसहरु देखिने गरेर तस्विरहरु खिचिए । उक्त तस्बिरलाई अहिले काग्रेसको सभामा सहभागीहरु भनेर सामाजिक संजालमा व्यापक प्रचार गरिएको छ ।  आफुले आयोजना गरेको बैठक भेलाहरुमा मानिहरु नजुटेपछि काग्रेसले निकालेको यस्तो जुक्तिले एकातिर आचारसंहिताको उल्लंघन गरेको त छँदैछ, र आम मानिसको हाँसोको विषयपनि बनाईरहेको छ ।

VIEWS: 1129