दोलखा प्रहरीले भन्यो ः हातहतियार बुझाउनुस्, नत्र कारवाही हुन्छ,
१४ कात्तिक । दोलखा । दोलखा प्रहरीले ईजाजत प्राप्त या अबैध रुपमा राखिएका हातहतियार तत्काल बुझाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने भन्दै प्रहरीलले त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार जारी गरेको सुचनामा कानुन बमोजिम ईजाजत पत्र प्राप्त गरी व्यक्तिको नाममा दर्ता भएका र अबैध रुपमा लुकाई छिपाई राखिएका हातहतियार र विस्फोटक पदार्थ तत्काल बुझाउन आग्रह गरिएको छ । प्रहरीका अनुसार भरुवा बन्दुक, पेस्तोल, कटुवा पेस्तोल, रिभल्व, गोलीहरु र बिस्फोटक पदार्थ अनिबार्य रुपमा बुझाउन आग्रह गरिएको हो ।
सुचनाको अवज्ञा गरी त्यस्ता हातहतियार नबुझाएमा आफैले खनतलासि गरी नियन्त्रणमा लिने चेतावनी पनि प्रहरीले दिएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले चेकजाँचका क्रममा कुनै किसिमको हातहतियार फेला परे कानुन अनुसार कारवाही हुने बताए ।