पोखरेल र शिवाकोटीले भने ः दोलखामा काग्रेसको जमानत जफत हुनसक्छ
१२ कात्तिक, दोलखा । दोलखाका बाम गठबन्धनका नेताहरुले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दोलखामा काग्रेसको जमानत जफत हुनसक्ने बताएका छन् ।
एमाले र माओवादी केन्द्रको जिल्ला कमिटि स्तरिय संयुक्त भेलालाई आईतबार सदरमुकाम चरिकोटमा सम्बोधन गर्दै उनीहरुले काग्रेसको जमानत जफत गर्ने लक्षय रहेको बताए । भेलालाई सम्बोधन गर्दै पुर्ब पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले काग्रेसको जमानत जफत गर्ने तागत बाम गठबन्धनसँग रहेको दावी गरे ।
जुन जुन पार्टी बाम गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न आउँदैछन्, उनीहरुको जमानत जफत गर्ने हाम्रो लक्ष्य हो, नेता कार्यकर्तालाई आग्रह गर्दै उनले भने त्यसका लागि तयार हुनुस् । काग्रेसले ४ स्थानमा बुथ कव्जाको प्रयास गरेमात्रै वाँकी ७० वटा बुथहरु खाली गरिदिने चेतावनी पनि पोखरेलले दिए ।
सोही भेलामा बोल्दै एमाले नेता तथा केन्द्रिय उद्योग विभागका सदस्य बालकृष्ण शिवाकोटीले दोलखामा अब काग्रेसको जमानत जफत गर्नुपर्नेमा जोड दिए । दोलखा कम्युनिष्टहरुले जहिल्यै जित्दै आएको जिल्ला हो, तर बाम गठबन्धन भैसकेपछि अब जित्ने मात्रै होईन, जमानत जफत गर्नेतर्फ लाग्नुपर्छ, शिवाकोटीले भने । बाम तालमेल भित्र कुनै समस्या नरहेको भन्दै उनले एकढिक्का भएर जमानत जफत गर्नेगरी लाग्न मतदाताहरुलाई पनि आग्रह गरे ।