दोलखामा जुवाको खालबाट एक लाख नगद सहित ६ जना पक्राउ

Friday, October 27th, 2017 |

१० कात्तिक, दोलखा । दोलखा प्रहरीले भिमेश्वर नगरपालिका ६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भिनपा १ का रामेश्वर गिरी, भिनपा ५ का सुजन सुवेदी, भिनपा ३ का रामकाजी लामा (दोङ), तामाकोसि गाउँपालिका ४ दल बहादुर खड्का, रामेछाप गेलु ४ का खिलिन्द्र खत्री र झापा गौधारा ९ का पुष्प बस्नेत रहेका छन् ।

juwaa photo-sajhaboli

उनीहरुलाई भिनपा ६ स्थित पाङदोर्जे शेर्पाको घरको एक कोठामा ठुलै रकम जित हार हुने उदेश्यले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ६ हजार ६ सय ९५ रुपैयाँ समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले पक्राउ परेकाहरु एपर अनुसन्धान कार्य भैरहेको जानकारी दिए । दोलखा प्रहरीले यसअघि पनि विभिन्न समयमा जुवाको खालबाट धेरै व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ ।

VIEWS: 601