दोलखामा १६ दलका तीन दर्जन बढि उम्मेदवार

एमाले नेता केसिले दिए मालेबाट उम्मेदवारी

Sunday, October 22nd, 2017 |

५, कात्तिक । दोलखा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि दोलखामा झण्डै डेढ दर्जन राजनितिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसीर १० गते हुने चुनावका लागि बाम गठबन्धन, काग्रेस देखि सना राजनितिक दलहरुको तर्फबाट तीन दर्जन बढिको उम्मेदवारी परेको हो ।

मुख्य निर्बाचन अधिकृतको कार्यलय दोलखाका रबिन कार्कीले १६ दलको तर्फबाट जम्मा ३० जनाको उम्मेद्धारी दर्ता भएको जानकारी दिए । बाम गठबन्धनको तर्फबाट केन्द्रिय प्रतिनिधिसभाका लागि पुर्ब सांसद पार्वत गुरुङ , प्रदेशसभा अन्तर्गत क्षेत्र नम्वर १ मा विशाल खड्का र क्षेत्र नम्वर २ मा पुर्व सांसद पशुपति चौलागाईले उम्मेदवारी दर्ता गराएका हुन् ।

संयुक्त गठबन्धन भएपनि गुरुङ र चौलागाईले एमाले र खड्काले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस दोलखाले प्रतिनिधि सभाका लागि जिल्ला पार्टी सभापति रुद्र बहादुर खड्का, प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ बाट महासमिति सदस्य बर्मा लामा र क्षेत्र नम्बर २ बाट पुर्ब सचिब तथा महासमिति सदस्य केशबराज चौलागाईले उम्मेद्धारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केन्द्रिय प्रतिनिधि सभाका लागि १५ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ र २ मा १२, १२ जनको बरावरी उम्मेदवारी परेको छ । जसमा २७ जना विभिन्न राजनितिक दलका उम्मेदवार हुन् भने १२ जना स्वतन्त्र बाट उठेका हुन् ।

दोलखामा विगत निर्वाचनहरुमा विशेषगरी नेकपा एमाले, नेपाली काग्रेस र माओवादीबीच त्रिपक्षिय प्रतिस्पर्धा हुँदै आएकोमा यो पटक बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । संघिय समाजवादी, नेकपा माले लगाएतका दलले पनि उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा र राप्रपा प्रजातान्त्रिकले भने काग्रेसलाई समर्थन गर्ने भन्दै उम्मेदवारी दिएनन् ।

एमालेका प्रभावशाली नेताले अर्को पार्टीबाट दिए उम्मेदवारी
नेकपा एमाले दोलखाका एकजना पुराना प्रभावशाली नेता लालकुमार केसिले नेकपा मालेबाट उम्मेदवारी दिएका छन् । २०२६ साल देखिका कम्युनिष्ट पार्टीको संगठित राजनिति सुरु गरेका केसि २०५४ मा जिविस सभापति बनेका थिए । विगतमा पटक पटक टिकटको दावी गर्दै आएका केसिले यो पटक पनि नपाएपछि पार्टी परित्याग गरेका हुन् । उनले २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दावी गरेपनि अन्ततः पार्टी निर्णय स्वीका गरेका थिए । केसिले एमाले पार्टी परित्याग गरी नेकपा मालेबाट प्रदेशसभा २ का लागि उम्मेदवारी दिएका हुन् ।

VIEWS: 354