काग्रेस दोलखाका उम्मेदवारहरुको दावी ः यो पटक हामी जित्छौँ

Sunday, October 22nd, 2017 |

५, कात्तिक । दोलखा । आसन्न प्रतिनिधि सभा र प्रदेशसभाका लागि नेपाली काग्रेस दोलखाका उम्मेदवारहरुले बाम गठबन्धनलाई चुनौती दिने उद्घोष गरेका छन् । सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उनीहरुले जिल्लाको बामकिल्ला भत्काउने दाबी गरे । केन्द्रिय प्रतिनिधि सभाका लागि काग्रेसका उम्मेदवार रुद्र खड्का, १ नम्वर क्षेत्रका उम्मेदवार बर्मा लामा र दुई नम्वर क्षेत्रका उम्मेदवार केशव चौलागाईले अबको निर्वाचनमा काग्रेस विजय भएमात्रै लोकतन्त्रको रक्षा हुने भन्दै मतदानका लागि आग्रह गरे ।
जिल्ला सभापति समेत रहेका प्रतिनिधी सभा उम्मेदवार खड्काले अहिलेसम्मको परिबर्तन काग्रेसको नेतृत्वमा भएको भन्दै संविधान कार्यान्वयनका लागि काग्रेसको विकल्प नभएको बताए । आजसम्मको परिबर्तन काग्रेसका कारण भएको हो, संविधानपनि काग्रेसको नेतृत्वमा बन्यो, अबको चुनाब जितेर सम्मृद्धिको नेतृत्व पनि काग्रेसले गर्छ, खड्काले भने ।
क्षेत्र नम्वर १ का उम्मेदवार लामाले काग्रेसको पक्षमा जनलहर बढ्दै गएको भन्दै कम्युनिष्ट अधिनायकवाद परास्त गर्नृ काग्रेसलाई जिताउन आग्रह गरे । २ नम्वर क्षेत्रका उम्मेदवार चौलागाईले अब सहि जनप्रतिनिधि छान्ने दिन आएकाले जनताले विगतको गल्ती नदोहो¥याउने बताए ।
काग्रेस जिल्ला सभापति रुद्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस दोलखाका पुर्ब सभापति उद्धवराज काफ्ले, जिल्ला सचिव सन्तोष रिमाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

VIEWS: 284

ताजा खबर