वाम गठनन्धनका उम्मेदवारले भने ः विगतको तिक्तता विर्सेर मतदान गर्नुस्
५, कात्तिक । दोलखा । दोलखाका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवार तथा नेताहरुले बाम गठबन्धन राष्ट्रको आवश्यकता भएको भन्दै विगतको तिक्तता विर्सेर मतदान गर्न आव्हान गरेका छन् । गठबन्धनका तर्फबाट संयुक्त मनोनयन दर्ता गराएपछि चरिकोट सातदोबाटोमा आयोजित उम्मेदवार घोषणा सभालाई सम्वोधन गर्दै उनीहरुले बामपन्थीहरुबीचको तालमेल मुलुकको राजनितिक स्थायित्व र सम्मृद्धिको संकल्प पुरा गर्नका लागि भएको भन्दै तालमेलको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।
तालमेल र एकिकरणको घोषणापछि दुई पार्टीका कार्यकर्ताहरुबीच सतहमा देखिएको विवाद र असमझदारी अन्त्य गरी साझा उम्मेदवारहरुलाई निसंकोच मतदान गर्न उम्मेदवार तथा नेताहरुले आग्रह गरे । एमाले र माओवादी दोलखाका नेताहरुले पहिलो पटक एउटै मञ्चबाट आफ्ना नेता कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा लाग्न सार्वजानिक अपिल गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पार्बत गुरुङले संयुक्त मनोनयन दर्तापछि विधिवत रुपमा तालमेलको सुरुवात भएको भन्दै यसलाई एकतासम्म पु¥याएर देश सम्मृद्ध बनाउनुको विकल्प नभएको बताए । विगतमता साँच्चै धेरै तिक्तता, असमझदारी भए, तर अब त्यो पालेर बस्नुको औचित्य छैन, गुरुङले भने त्यसलाई विर्सेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउउनुस्, हामी तपाईहरुले कहिल्यै पश्चाताप मान्नुपर्ने दिन आउनेछैन ।
यसैगरी प्रदेशसभा अन्तर्गत दोलखा क्षेत्र नम्वर १ का उम्मेदवार विशाल खड्काले अहिलेको तालमेल र एकिकरणको घोषणा व्यक्ति र पार्टी जिताउनु भन्दा पनि मुलुकलाई सम्मृद्ध बनाउने अभियान भएको बताए । गरिबी, पराधिनता, बेरोजगारी, पछौटेपन लगाएतका समस्याको अन्त्य गर्दै समाजवादी क्रान्तिका लागि विगतको मनमुटाव अब त्याग्न जरुरी छ, उनले भने ।
यस्तै दुई नम्वर प्रदेशसभा सदस्यका उम्मेदवार पशुपति चौलागाईले संविधान कार्यान्वयन मार्फत नेपाललाई समाजवादी बाटोमा डो¥याउने ठुलो उदेश्यका साथ सुरु गरिएको अभियान सफल बनाउन तालमेल भएको भन्दै त्यसका लागि विगतका सबै आग्रह पुर्वाग्रह त्याग्न सक्नुपर्नेमा जोड दिए । ईतिहाँस निर्माण गर्नु छ भने, सवैको दुखको दिन अन्त्य गर्नु छ भने अव पुरानो घाउ कोट्याएर काम छैन, चौलागाईको भनाई छ । चौलागाईले आफु १ नम्वर क्षेत्रको भएपनि विकास निर्माण र जनताको काममा कतै विभेद र पक्षपात नगरेकाले आफ्नो भुमिकामा शंका नगर्न आग्रह गरे ।
नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने माओवादी केन्द्रका नेता गंगा कार्की विश्व, पुर्ब पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल लगाएतका नेताहरुले पनि अव तिक्तता र मनमुटावमा नअल्मलिन पार्टी कार्यकर्ता र जनसमुदायलाई आग्रह गरे ।