बाम गठबन्धनमा टुंगियो सिट बाँडफाँड (सुची सहित हेर्नुहोस्)
३ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएका छन् ।
दुई दल सम्मिलित कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिटको भागबण्डा टुंग्याएको हो । कार्यदलले गरेको निर्णयलाई पार्टी एकता संयोजन समितिले समेत अनुमोदन गरेको छ । दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति अनुसार सिट बाँडफाँड भएको हो ।
उम्मेदवारहरुलाई शुक्रबार नै मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने कार्यदलका सदस्यहरुले बताएका छन् । एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट मिलाएर निर्वाचनमा जाने सहमति भएपनि ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।
बाँडफाँडको सुची अनुसार सिन्धुपाल्चोक १ माओवादी, २ एमाले, गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादी, धादिङको दुबै क्षेत्र एमाले, नुवाकोट १ माओवादी र २ एमाले, बाग्लुङ १ एमाले र २ माओवादीको भागमा परेको छ ।
यसैगरी प्रदेशसभातर्फ ७४ मध्ये ४१ सिट एमाले र माओवादीले ३३ सिट लिने सहमति भएको छ ।
उक्त सिट बाँडफाँड एमालेले करिब ५५ प्रतिशत र माओवादीको भण्डै ४५ प्रतिशत हो ।
बाँकी दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि केही दिनभित्रै टुंगो लगाइने नेताहरुले बताएका छन् ।
एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफुले लिएको छ भने माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा(२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ ।
३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१र१६को भागवण्डा गरेका एमाले र माओवादीले प्रदेशसभाका ७४ सिटमा ४१र३३ को भागवण्डा गरेका छन् ।
प्रतिनिधिसभातर्फ एमाले ः
१. ताप्लेजुङ
२. पाँचथर
३. संखुवासभा
४. ओखढुंगा
५. खोटाङ
६. दोलखा
७. रसुवा
८. सिन्धुपाल्चोक २
९. नुवाकोट २
१०. धादिङ १
११. धादिङ २
१२. मनाङ
१३. मुस्ताङ
१४. म्याग्दी
१५. बाग्लुङ १
१६. डोल्पा
१७. मुगु
१८. बझाङ
१९. बाजुरा
२०. बैतडी
२१. दार्चुला
प्रदेशसभातर्फ एमाले
ताप्लेजुङ (क)
पाँचथर (क)
संखुवासभाा (ख)
भोजपुर (क) र (ख)
सोलुखुम्वु (क) र (ख)
ओखलढुंगा (क)
खोटाङ (क)
दोलखा (ख)
रामेछाप (क) र (ख)
रसुवा (क)
सिन्धुपाल्चोक १ ख
नुवाकोट १ (ख)
नुवाकोट २ (ख)
लम्जुङ (क) र (ख)
धादिङ १ (क)
धादिङ २ (क)
मनाङ (क) र (ख)
मुस्ताङ (क) र (ख)
म्याग्दी (ख)
गोरखा १ (ख)
वाग्लुङ १ (क)
वाग्लुङ २ (ख)
डोल्पा (क)
जुम्ला (ख)
कालिकोट (क)
जाजरकोट (क) र (ख)
मुगु (क) र (ख)
बझाङ (क)
बाजुरा (क) र (ख)
बैतडी (ख)
दार्चुला (क)
प्रतिनिधिसभातर्फ माओवादी ः
१. भोजपुर
२. सोलुखुम्बु
३. रामेछाप
४. सिन्धुपाल्चोक १
५. नुवाकोट १
६. लम्जुङ
७. गोरखा १
८. गोरखा २
९. वाग्लुङ २
१०. रोल्पा
११. रुकुम पुर्ब
१२. जुम्ला
१३. कालिकोट
१४. हुम्ला
१५. जाजरकोट
१६. रुकुम पश्चिम
प्रदेशसभातर्फ माओवादी ः
ताप्लेजुङ (ख)
पाँचथर (ख)
संखुवासभा (क)
ओखलढुंगा (ख)
खोटाङ (ख)
दोलखा (ख)
रसुवा (ख)
सिन्धुपाल्चोक १ (क)
सिन्धुपाल्चोक २ (क)
नुवाकोट १ (क)
धादिङ १ (ख)
धादिङ २ (ख)
गोरखा १ (क)
गोरखा २ (क) र (ख)
वाग्लुङ १ (ख)
वाग्लुङ २ (क)
म्याग्दी (क)
रोल्पा (क) र (ख)
रुकुम पुर्व (क) र (ख)
जुम्ला (क)
कालीकोट (ख)
कालीकोट (ख)
हुम्ला (क) र (ख)
रुकुम पश्चिम (क) र (ख)
डोल्पा (ख)
बझाङ (ख)
बैतडी (क)
दार्चुला (ख)