भैरहवा-बुटवल सडकमा १० आधुनिक आकाशे पुल बन्दै
२१ चैत, भैरहवा । नमूना बेलहिया-भैरहवा-बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने भएको छ । निर्माणधीन अवस्थामा रहेको सडकखण्डमा आकाशे पुल निर्माण लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको र एक दुई दिनमै निर्माण कार्य सुरु हुने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले जानकारी दिए ।
बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण गर्नका लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको छ । इन्जीनियर भण्डारीले अनलाइनखबसगँ भने निर्माण कम्पनीले सोमबार वा मंगलबारदेखि काम सुरु गर्ने छ ।
१२ करोड रुपैयाँ लागतमा निर्माण हुने १० वटा आकाशे पुल सम्झौता मितिले १५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी महादेव खिम्ती एसियाटिक महेश जेभीसँग सम्झौता भएको उनले बताए । आकाशे पुलको बुटवल तर्फबाट निर्माण कार्य सुरु हुनेछ ।
उनले भैरहवा क्षेत्रमा ३ वटा र बुटवल क्षेत्रमा ७ वटा गरी बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने बताए ।