देउसी भैलोको विषयलाई लिएर दोलखाको विगु गाउँपालिकामा झडप, एक जना गम्भिर घाईते

Thursday, October 19th, 2017 |

२ कात्तिक । दोलखा । दोलखाको विगु गाउँपालिका २ मा गएराती देउसीभैलोको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । विगु गाउँपालिका २ मौरेमा गएराती १० बजेतिर भएको झडपमा परी अन्दाजी २८ वर्षिय सरोज कार्की गम्भिर घाईते भएका छन् ।

टाउकोको वाँयापट्टी गम्भिर चोट लागेका उनको अवस्था गम्भिर छ । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि राजधानी रिफर गरिएको छ । देउसी भैलोको विषयलाई लिएर आपसि विवादपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घट्नापछि ईलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक नरेशराज मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले घट्नामा संलग्न भएको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मल्लका अनुसार पक्राउ पर्नेमा स्थानीय महेश्वर आचार्य र विमल आचार्य रहेका रहेका छन् । मल्लले उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको जानकारी दिए ।

VIEWS: 959