नेपाल र जोर्डन सरकारबीच श्रम सम्झौता

रोजगारीका लागि नयाँ गन्तव्य

Wednesday, October 18th, 2017 |

१ कात्तिक । काठमाण्डौँ । जोर्डनमा नेपाली कामदारका लागि रोजगारीको बैधानिक बाटो खुलेको छ । नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता सम्पन्न भएपछि नेपाली श्रमिकहरु अव रोजगारीका लागि जोर्डन जान पाउनेछन् ।

श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग बढ्दो छ । जोर्डन सरकारसँग नेपालले विगत लामो समयदेखि श्रम सम्झौता गर्ने तयारी गरेको थियो ।
जोर्डनसँग श्रम सम्झौता सम्पन्न भएसँगै नेपाली कामदारको कानुनी आधार बलियो हुनुको साथै कामदारको लागि नयाँ गन्तव्य खुलेको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषय समेटिएका छन् । जोर्डनमा अहिलेपनि झन्डै पाँच हजार नेपाली कार्यरत छन् ।

VIEWS: 185

ताजा खबर