माओवादी केन्द्रका मन्त्रीहरुले तत्काल सरकार नछाड्ने

सरकारले चुनाव सार्नसक्ने आशंका

Tuesday, October 17th, 2017 |

३१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रे तत्काल सरकार छाड्ने निर्णयबाट पछि हटेको छ । सरकार छाड्ने अन्तिम तयारीमा रहेको माओवादी निर्वाचन सार्ने सूचना आएको भन्दै तत्काल सरकारबाट नबाहिरिने निर्णयमा पुगेको हो । गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्न खोजेको सूचना आएकाले राजीनामा नदिने निर्णयमा पुगिएको बताए।

सरकार छड्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका गृहमन्त्री शर्माले ‘सरकार छाड्ने घोषणा गर्न तयार पारिएको पत्र समेत सार्वजानिक गरे । सरकारमा बस्ने र मन्त्री पदको लोभमा आफुहरु नभएपनि तत्काल सरकारबाट राजीनामा नदिने उनले बताए ।

सरकारबाट बाहिरिने बारे मंगलबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । भेटमा देउवाले माओवादीबाट मन्त्री भएकाहरुलाई विना विभागीय बनाउने चेतावनी दिएको बताईएको छ ।

लगत्तै माओवादी केन्द्र तत्काल मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारीमा जुटेको थियो । कम्तिमा कात्तिक ५ गते पहिलो चरणको चुनावको मनोनयनको दिनसम्म सरकारमा रहने माओवादीको आन्तरिक निष्कर्ष रहेको नेताहरुले बताएका छन् ।

VIEWS: 204