गैर आवासिय नेपाली संघ (एनआरएनए) अध्यक्षमा भवन भट्ट निर्वाचित
३१ असोज । काठमाण्डौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् ।
राजधानी काठमाडौंमा सम्पन्न आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले ११ सय ९७ मत प्राप्त गरे भने गुरुङले ५ सय ८४ मत प्राप्त गरिन् । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।
अध्यक्षमा विजयी भएपछि भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने प्रतिक्रिया दिएका छन् । ।
एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले बताए ।
दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएको निर्वाचन समितिका सदस्य पाण्डेले बताए । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुनःडा. बद्रि केसी निर्वाचित भएका छन् ।
६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुनः हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएके छ ।
महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।
सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । हरेक २ बर्षमा नेपालमा हुने सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।