मृगौला र ब्लड क्यान्सर पिडितलाई दोलखाली समाज युएईको आर्थिक सहयोग

Sunday, October 15th, 2017 |

२९ असोज । दोलखा । दोलखाली समाज युएईले जिल्लाका मृगौला पिडित र ब्लड क्यान्सरबाट पिडित भएका दुई जनालाई आर्थिक सहयोग गरेको छ । सदरमुकाम चरिकोटमा आईतवार एक कार्यक्रमको आयोजना गरी समाजले जनही १५ हजारका दरले ३० हजार आर्थिक सहयोग रकम पिडितका आफन्तजनलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा दोलखाली समाज युएईका उपाध्यक्ष पुस्कर अधिकारी र विश्वबन्धु भण्डारीले तामाकोसि गाउँपालिका झुलेका मृगौला पिडित केदार कार्की र ब्लड क्यान्सर पिडित उर्मिला भुजेलका आफन्तलाई उक्त रकम हस्तान्तरण गरे । समाजका उपाध्यक्ष अधिकारीले पिडितको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले उक्त रकम उपलव्ध गराईएको बताए ।

कार्यक्रममा दोलखा उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की, पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामा, तामाकोसि गाउँपालिका १ का अध्यक्ष महेश काफ्ले, बैत्यश्वर गाउँपालिका ८ का अध्यक्ष रमेश अधिकारी लगाएतको सहभागिता थियो । दोलखाली समाज युएईले यसअघि पनि जिल्लाका विभिन्न रोगबाट पिडितहरुको उपचारार्थ आर्थिक सहयोग गर्दै आएको छ ।

VIEWS: 632