यस्तो छ, यो वर्षको भाईटिकाको उत्तम साईत र दिशा
२९ असोज, काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा परेको छ । यो वर्षको भाईटिका कात्तिक ४ गते शनिवार हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्सि मंगरबारदेखि शुरु हुँदैछ । ३१ गते कार्तिक कृष्ण त्रयोदशीका दिन० काग तिहार, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको समितिले जनाएको छ ।
कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने चलन रहेपनि शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिको भनाई छ ।