प्रधानमन्त्री देउवाले गरे चुनावको मुखैमा मन्त्री परिषद विस्तार

Friday, October 13th, 2017 |

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद विस्तार गरेका छन् । राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्री परिषदमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । तर उनको अरु मन्त्रालय भने तोकिएको छैन ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ । सबैको मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुने बताईएको छ ।

VIEWS: 190