बाम गठबन्धनबाट वाहिरिने नयाँ शक्तिको निर्णय

Friday, October 13th, 2017 |

२७ असोज, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले वाम गठवन्धनबाट बाहिरिने निर्णय लिएको छ । आफ्नै चुनाव चिह्न आँखा लिएर निर्वाचनमा सहभागि हुने निर्णय समेत नयाँ शक्तिले लिएको छ । यसअघि नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने सहमति सार्वजानिक भएको थियो । तर, शुक्रबार बसेको नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।

बैठकपछि जारी गरिएको विज्ञप्तीमा गठवन्धनमा आवद्ध दल एमाले र माओवादी केन्द्र सहमतिको मर्मविपरित गएकाले आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरिएको उल्लेख छ ।

नयाँ शक्तिले वाम गठवन्धनबाट बाहिरिँने निर्णयसँगै उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले अध्यक्ष डा। बाबुराम भट्टराई गोर्खा २ बाट, कृष्णकुमार चौधरी कैलाली ३ बाट र दानबहादुर चौधरी कपिलबस्तु १ बाट, प्रेम तामाङ रसुवाबाट र मदन राई खोटाङबाट चुनाव लड्ने निर्णय गरेको नेता राजेन्द्र किरातीले बताए ।

VIEWS: 193