शरद गौचनलाई सरकारले गर्यो शहिद घोषणा

Friday, October 13th, 2017 |

२७ असोज, काठमाडौं । सरकारले हालै हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।  अज्ञात समूहले यही असोज २३ गते गौचनको गोली हानी हत्या गरेको थियो । तर हत्यामा संलग्नहरुको अझै पहिचान हुन सकेको छैन ।

सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझिसकेका छन् । गौचनको बिहीबार अन्त्येष्टि गरिएको छ । शरद गौचनको हत्यारालाई छिटो पक्राउ गरी कारबाहीको माग गर्दै शुक्रवार निर्माण व्यवसायीहरुले एकघण्टा चक्काजाम गरेका छन् ।

VIEWS: 208