बावुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने तयारीमा

तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन

Friday, October 13th, 2017 |

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् ।

काठमाडौंमा जारी पार्टी सचिवालय बैठकमा उनले आफू गोरखाबाटै चुनाव लड्ने भन्दै तयारीमा रहन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्बप्रधानमन्त्री समेत रहेका भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेलका लागि उदारता नदेखाएको गुनासो गरे । अझै वाम गठबन्धन सफल बनाउन लागिपर्ने उनले बैठकमा बताए ।

भट्टराई गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने योजनामा रहेपनि माओवादी केन्द्रभित्र भट्टराईलाई गोरखामा समर्थन गर्न नसकिने दवाव बढ्दैछ । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा पनि भट्टराईले गोरखामा जितेका थिए ।

एमाले र माओवादी केन्द्रबीच गोरखामा सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार उठाएर भट्टराईलाई काठमाडौंमा उम्मेदवार बन्न लगाउने करिब सहमतिपछि नयाँ शक्ति रुष्ट बनेको हो ।

VIEWS: 161