यस्तो हुन्छ विश्वकै महंगो (बिटक्वाईन) उत्पादनमा प्रयोग हुने मेसिन
थप कारवाहीका लागि दोलखाबाट काठमाण्डौँ पठाईयो
२७ असोज । दोलखा । दोलखाको किर्नेटारबाट बरामद भएको विश्वकै सबैभन्दा महंगो (विटक्वाईन) उत्पादनका लागि प्रयोग भएका मेसिनहरु प्रहरीले कारबाहीका लागि काठमाण्डौँ पठाएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले यहि असोज २५ गते (बिटक्वाईन) उत्पादनका लागि प्रयोग गरिएको माईनिङ डिभाईस लगाएतका मेसिनहरु बरामद गरेको थियो । उक्त बरामद मेसिन थप कारवाहीका लागि केन्द्रिय अनुसन्धान व्युरो काठमाण्डौँ पठाईएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । दोलखाको तामाकोसि गाउँपालिका ५ स्थित भिम बहादुर श्रेष्ठको एकतले पक्कि घरबाट उक्त मेसिन बरामद भएको हो ।
राजधानी काठमाण्डौँ घर भएका प्रशान्त प्रताप शाहले श्रेष्ठको घरमा कोठा भाडामा लिई (बिटक्वाईन) उत्पादन गरी कारोवार गर्दै आएका थिए । उनीमाथी प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । नेपाल राष्ट बैंक एन २०५८ ले (बिटक्वाईन) को कारोवारलाई नेपालमा बन्देज गरेको छ ।
के हो बिटक्वाइन
बिटक्वाइन भर्चुअल अभौतिक मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ ।
यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड ९इन्टरनेट० बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।
आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।
बिट्क्वाइनको भाउ बढ्नुका कारणहरु
जापान सरकारले हालैमात्र एक विधेयक पारित गरेको छ । यसले बिट्क्वाइनलाई वैधानिक मुद्राको मान्यता दिएको छ । जसकारण येनमा बिट्क्वाइनको कारोबार बढेको छ ।
त्यस्तै, पछिल्लो समय विश्वमा देखा परेका राजनीतिक अनिश्चयले सेफ हेभन मानिने सम्पत्तिको माग बढाएको छ । यस्ता लगानीकर्ताहरूले बिट्क्वाइनलाई पनि सुन जस्तै सुरक्षित लगानीका रूपमा हेर्न थालेका कारण बिट्क्वाइनको माग बढ्न गई मूल्य पनि बढिरहेको छ ।
बिट्क्वाइन प्रयोगकर्ता समुदायमै बिट्क्वाइनको मूल प्रविधि ब्लकचेनको भविष्यका बारेमा मतभेद थियो । यसले दुई छुट्टाछुट्टै क्रिप्टोकरेन्सी सृजना हुने भयसमेत उब्जिएको थियो । तर, पछिल्लो समय यो विवाद साम्य भएपछि बिटक्वाइनको मूल्यवृद्धिका सहयोग पुगेको छ ।