भ्यानको ठक्करबाट दोलखा विगु गाउँपालिकाकी एक महिलाको मृत्यु
Sunday, November 11th, 2018 | krishak khabar
२५ कात्तिक, दोलखा । दोलखा विगु गाउँपालिकाकी एक महिलाको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा विगु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाई तामाङ रहेकी छिन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आज विहान पौने ६ बजेको समयमा उक्त घट्ना भएको हो । तामाङलाई बाटो काट्ने क्रममा कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा को १ च ७७०५ नम्बरको पिकअपले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ।
उनलाई ठक्कर दिएपछि भ्यान पनि पल्टिएको बताईएको छ । चौपाया बोकेको भ्यान पल्टिदा चार वटा राँगा समेत मरेको प्रहरीले जनाएको छ ।
ताजा खबर
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023
पानी अभावले धान रोपाइँ ढिलो
Wednesday, July 26th, 2023
चक्लाबन्दीमा आकर्षित हुदै किसान
Monday, July 17th, 2023
बिरुवा लिन सर्वसाधारणको भिड !
Monday, July 10th, 2023