अझै पनि बनेन दोलखामा नगरपालिका क्षेत्रको विधालय

Thursday, October 4th, 2018 |

अनु थामी
असोज,१७, दोलखा


०७२ सालको महाप्रलयकारी भूकम्पको कारण क्षतविक्षत भएको भिमेश्वर नगरपालिका वडा नं. १ स्थित विधालय श्री सुन्द्रावती आधारभुत विधालय, भि.न.पा.१, दामाराङ्ग, दोलखा मा विधार्थीहरु अझै पनि खुल्ला आकाश मुनि पठनपाठन गर्न बाध्य छन् ।

सरकारी दरबन्दीमा जम्मा ४ जना मात्रै रहेको यस विधालयमा बाल कोटा तथा निजि श्रोत बाट अध्यापन गराईरहेका शिक्षक शिक्षक गरेर जम्मा ९ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् ।

हाल सम्म पनि सरकारी तथा गैर सरकारी एवम कुनै पनि सहयोगी संघ संस्था बाट  पनि प्रयाप्त सहयोग प्राप्त नभएको कारण अति आवश्यक पर्ने शैक्षिक कार्य कक्ष नभएको हँुदा अन्य विधालयको तुलनामा पठन पाठन गराउन धेरै नै समस्या भईरहेको विधालयका व्यवस्थापन समिति अध्यक्ष भुवन थामी बताउँछन ।

स्थानीय तह एवम प्रदेश तथा केन्द्र बाट पनि विधालयको निमित भवन निर्माणको लागि आवश्यक पहल नभएको कारण तथा विधालयको आर्थिक श्रोत त्यति धेरै मजबुत नभएकोले गर्दा हालसम्म पनि शैक्षिक गुणस्तर व्यवस्थापन कार्यकक्षको निमित निकै नै मुस्किल भएको र कोहि बेला धेरै ठूलो वर्षा भयो भने शैक्षिक गतिविधि साथै विधालय नै छाडेर घर जानुपर्ने गुनासो विधालयमा अध्यापन गराईरहेकी शिक्षिका प्रमिला थामी बताउँछिन् ।

अन्य विधालयको चौतर्फी विकास भएको देख्दा आफ्नो विधालय पनि अरु सरहको बनाउन आफूले धेरै संघसंस्था सँग सहकार्य गरेता पनि प्रत्येक पटक असफल भएको अनुभव सुनाउँछन विधालयका प्र.अ. भरत श्रेष्ठ । पक्कि र व्यवस्थित भवन नभएकै कारण विधार्थीहरुलाई सौहार्दपूर्णको वातावरण अभावका कारण शैक्षिक गुणस्तर खस्किने पो हो कि भन्ने चिन्तालाई सताईरहन्छ, साझाबोली डटकम सँगको कुराकानी मा हाल सम्म कहिँ कतैबाट सहयोग प्राप्त नभएता पनि आगामी दिनमा कोहि कसैबाट सहयोग प्राप्त भए विधालयलाई ठूलो राहत मिल्ने थियो भन्ने आफ्नो अपेक्षा रहेको सुनाउँछन् ।

VIEWS: 307