प्राङ्गारिक कृषि ओझेलमा परेको सरोकारवालको गुनासो

Thursday, October 20th, 2022 |

 

काठमाडौ ३ कार्तिक

राजधानिमा आयोजित एक कार्यक्रममा रासायनिक विषादीको वढ्दो प्रचार र प्रयोगले प्राङगारिक कृषि ओझेलमा परेको बताएका छन् ।
४२ औ विश्व खाद्य दिवसको अवसरमा खाद्यका लाागि कृषि अभियान, राष्ट्रिय कृषक समुह महासंघ, अनाजलगायतका विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधवार आयोजना गरेको ‘जैविक खेतीः खाद्य प्रणालीको पुनरजीवन’ विषक अन्तरक्रियमा उनीहरुले यस्तो बताएका हुन् ।

विद्यमान कृषि प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेको र उत्पादन पनि बढ्न नसकेको उनिहरुको धारणा थियो । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनाले नेपालका विश्व विद्यालयहरुले दिक्षित नभइ शिक्षित जनशक्तिमात्रै उत्पादन गरेका कारण कृषिलगायत हरेक क्षेत्र प्रभावित भएको बताए ।
रसायनिक मल कारखानाका बारेमा २०१५ सालमै गृहकार्य भएको थियो तर संभव देखिएन ।’ साना, मझौला किसानलाई अनुदान व्यवस्था र ठूला किसानाई सहुलियत ऋणको व्यवस्था गरेर उत्पादनमा प्रोत्साहित गर्न सकिने उनको भनाइ छ । तिमल्सिनाले भने, ‘उत्पादन बढाउन कर्पोरेट खेतीलाई प्रोत्साहित गर्नुपर्छ, साना किसानलाई पनि प्रोत्साहित गर्नुपर्छ । साना किसानलाई अनुदान र कर्पोरेट किसानलाई सहुलियत ऋणको व्यवस्था गर्न सकिन्छ ।’

कार्यक्रमलाई संबोधन गर्दै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का बरिष्ठ बैज्ञानिक बालकृष्ण जोशीले तुलनात्मकरुपमा परम्परागत रैथाने खाद्यन्न वाली बढी स्वस्थकर हुने बताए । उन्नत जातका खाद्यन्नमा कार्वोडाइड्रेडको मात्रा बढी हुने तर परम्परगत रैथान खाद्यन्न सन्तुलित हुने उनको भनाइ छ ।
तथापी पछिल्लो समय उन्नत खेती प्रणालीका नाममा रैथाने जात लोप हुँदै गएको र नेपाल बीउमा परनिर्भर बन्दै गएको पनि उनले बताए ।

कृषि विभागका उपमहानिर्देक डा हरिबहादुर केसीले भने पूर्ण प्राङ्गारिक खेती प्रणालीले खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता कायम हुन नसक्ने भन्दै दुबै खेती प्रणालीलाई अगाडि लैजानुपर्नेमा जोड दिए । उत्पादन बढाउन प्रविधिको प्रयोगमा पनि जोड दिनुपर्ने उनले बताए । खाद्य सुरक्षाको वहस स्थानीय तहसम्म पु¥याउनुपर्ने पनि उनको भनाइ छ ।

कृषि तथा पशु पक्षी विकास मन्त्रृालयका सहसचिव सवनम सिवाकोटीले उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रसायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिवन्धभन्दा पनि क्रमिकरुपमा घटाउँदै लैजानुपर्ने बताए । पछिल्लो समय घातक विषादी आयातमा सरकारले प्रतिवन्ध लगाइसकेको पनि उनले जानकारी गराए ।

VIEWS: 230