च्याउ उत्पादक सघले गर्‍यो सभापती सुमार्गीलाई सम्मान

Sunday, August 7th, 2022 |

 

हेटौडा २२ साउन

च्याउ उत्पादक किसान संघ मकवानपुरले उद्योण बाणिज्य महासंघका केन्दिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीलाई सम्मान गरेको छ । हेटौडामा आयोजित सम्मान कार्यक्रममा सुमार्गीलाई संयुक्त राष्ट्र संघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर सरकारी पर्यवेक्षक संस्था ९क्ष्क्ष्:क्ब्:० को बिशिष्ठ अवैतनिक सल्लाहकारमा नियुक्त भएको अवसरमा सम्मान गरेको संघका अध्यक्ष डोरमणी अधिकारीले जानकारी दिए ।

कार्यक्रमलाई संबोधन गर्दै कृषि उद्यम केन्द्रले नयाँ नयाँ उत्पादन र प्रविधिको प्रचार तथा कार्यान्वयनमा लागेको भन्दै च्याउ उत्पादनलाई प्रविधिमा आधारित बनाउनुपर्नेमा सभापतीको जोड थियो ।

सम्मान कार्यक्रममा च्याउ उत्पादक किसान संघका केन्द्रिय सदस्य निरज पुडासैनी,जिल्ला अध्यक्ष डोरमणी अधिकारी, लगायतका सदस्यहरुको उपस्थिती थियो ।

VIEWS: 184