उद्यम केन्द्रमा रहँदा नमुनालायक काम गर्छु : सुमार्गी

Saturday, August 6th, 2022 |

 

सिमारा २१ साउन

कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले आफु उद्यम केन्द्रमा रहँदा कृषि क्षेत्रमा नमुनालायक काम गरि नेपाली कृषिलाई उद्यमशिलतातिर अघि बढाइ किसानलाई धनि बनाउने बताएका छन् । जितपुरसिमरा उद्योग बाणिज्य संघको ५ औँ स्थापना दिवस तथा विशेष समारोहलाई सम्बोधन गर्दै सुमार्गीले आफु कृषि उद्यम केन्द्रमा रहिन्जेल अन्य विषयका कार्यक्रममा कम सहभागी भएको पनि जानकारी दिए ।

आफुले नेपालमा कृषिको सम्भावना र कृषिको आधुनिकिकरणमा सबैलाई समेटेर लैजान खाजेको समेत बताए । आफु एइसीमा रहदा कृषिमा गेमचेन्जर योजना अघि सारेको उनको भनाइ छ । उनले भर्खरैमात्रै यूएन अन्तर्गतको एक कार्यक्रममा आफुलाई सल्लाहकारको रुपमा अघि सारेपछि खुसी लागेको समेत बताए । सुमार्गीले केही समयभित्रै कोरियामा नेपाली किसानलाई कृषि तालिम र सिप प्रदान गर्ने उदेश्यले कोरियासंग सहकार्य अघि बढेको र केही समयभित्रै सम्झौतापछि कार्यान्वयनमा जाने बताए ।

उनले नेपाली किसानको छनोट जिल्लारनगरले गर्ने समेत बताए । सुमार्गीले जिल्ला नगर उद्योग संघलाई बलियो बनाउन आफुले विभिन्न कार्यक्रम अघि सारेको समेत जानकारी दिए । उनले सय किसान अभियान अन्तर्गत विभिन्न स्थानमा कृषिको अनुसन्धान तथा उत्पादन भैरहेको समेत उनले बताए । सभापति सुमार्गीले सरकारले कृषिमा नयाँ उत्पादन र प्रविधि खोज्न नसकेको समेत बताए ।

VIEWS: 183