कोदो उत्पादन बढाउन मकवानपुरमा बिशेष कार्यक्रम सञ्चालन हुने

Thursday, August 4th, 2022 |

 

हेटौडा १९ साउन

पोषणको हिसाबले अत्याधिक पोषिलो मानिने सुपर फुडको रुपमा रहेको कोदोको उत्पादन नेपालमा घट्दै गएको अवस्थामा सोको उत्पादन बृद्धृी गर्न मकवानपुरका किसानले कोदो खेती प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदो हाल खेती कम ह्न थालेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो ।
कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गर्ने योजना बनाएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानका अनुसार मकवानपुर विगतमा अत्याधिक मात्रमा कोदो उत्पादन हुने जिल्ला हो, विचमा उत्पादन कम भएपनि फेरि कोदोको उत्पादन बढाउनुपर्ने उनको भनाइ छ । “विदेशबाट कोदो आयात हुने क्रमलाई रोक्न सक्नुपर्छ । कोदोका विभिन्न परिकार तथा मदिरासमेत उत्पादन गरेर ब्राण्डिङ गर्नुपर्छ” उनले भने ।

हाल जिल्लाका किसानहरु स्वतः कोदो प्रवद्र्धनमा लागेका छन् । पदमपोखरी, भीमफेदी तथा हटिया हर्नामाडी, हाँडीखोलालगायतका क्षेत्रका किसानले कोदो रोप्न सुरु गरिएको छ । कोदोको प्रवद्र्धन गरेर यसका परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने राष्ट्रिय किसान आयोगकी सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलको भनाइ छ । कोदो आयात गर्नुपर्ने अवस्था आउनु कृषिप्रधान मुलुकका लागि दुर्भाग्यपूर्ण रहेकाले त्यो अवस्थाको अन्त्य गर्न आफू कोदो रोप्न अग्रसर भएको उनले बताए । विदेशी मदिरालाई हतोत्साही गर्न कोदोको मदिरालाई वैधानिक तरिकाले उत्पादन गर्नुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा रैथाने बालीको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नुपर्ने बताए । रैथानेबालीले यहाँको जनजीविकासँग विशेष महत्व राख्ने उनको भनाइ छ । कोदो देशका अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, समुदायको जीवनपद्धतिसँग जोडिएको अन्न भएकाले पनि यसको संरक्षण गर्दै उत्पादन बढाउनु पर्ने उनले बताए ।

जिल्लाको पदमपोखरी, हटिया, हर्नामाडी, गढी, राईगाउँ, फापरबारी, भीमफेदी, पालुङजस्ता स्थानमा हजारौँ मुरी कोदो उत्पादन भएर निर्यात समेत हुने गथ्र्यो । अन्य नगदेबाली लगाउन थालेपछि कोदो खेती लगभग लोप हुने अवस्थामा पुगेको छ । नेपालमा लोप हुने अवस्था आए पनि विदेशबाट भने प्रशस्त मात्रामा आयात हुन थालेपछि नेपालमै उत्पादन बढाउने उद्देश्यले कोदोको खेती सुरु गरिएको भीमफेदीका किसान दीपक पुडासैनी बताए । “अहिले कोदो खेतीको पुन सुरु गरेका छाँैं, आगामी दिनमा यसलाई वृद्धि गर्दै जाने लक्ष्य छ” उनले भने ।

जिसस प्रमुख घलानका अनुसार पदमपोखरी क्षेत्रमा कोदो, मकै र भटमास अत्यधिक मात्रामा उत्पादन हुने गथ्र्यो । समथल तर सिँचाइ सुविधा नहुनाले यहाँका किसानको पहिलो रोजाइँ कोदो हुने गरेकामा विस्तारै खानेपानीको धारालाई नै प्रयोग गरेर किसानले वैकल्पिक खेती सुरु गर्न थालेपछि यहाँका किसानले कोदो लगाउन छाडेका थिए । अब कोदोले राम्रो मूल्य पाउने अवस्था बनेकाले विस्तारै किसान आफैँले कोदो लगाउन सुरु गर्ने उनले बताए ।

राष्ट्रिय कृषक समूह महासङ्घका अनुसार कोदो नेपालको धान, मकै र गहुँपछि चौथो महत्वपूर्ण अन्नबाली हो । यसलाई नेपालको पहाडी भेगमा मकैपछिको दोस्रो बालीको रुपमा लिइन्छ । यसलाई कम उर्वर क्षमता भएको रुखो तथा पाखोबारीमा समेत खेती गरेर उत्पादन लिन सकिने बालीको रुपमा लिइन्छ ।

कोदोका बारेमा जानकार उद्धव अधिकारीका अनुसार यस बालीमा रोग तथा कीराको प्रकोप कम हुन्छ । जलवायु अनुकूलनीय र वातावरणमैत्री अन्नबालीको रुपमा पनि यसलाई लिने गरिन्छ । उनका अनुसार कोदोको बिउलाई १५ वर्षसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ । कोदो समुद्री सतहदेखि ३०० मिटरको उचाइदेखि ती हजार मिटरसम्मको उचाइमा यसको खेती हुन्छ । नेपालमा मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा कोदोको खेती हुने राष्ट्रिय कृषक समूहका अध्यक्ष नवराज बस्नेत बताउँ । रान्ष्ट्रिय कृषक समूहका अनुसार ७० भन्दा बढी देशको समर्थनमा संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली रहेको कोदोका जानकार बताउँछन् । रेसा, क्याल्सियम, फसफोरस, फलाम, लवण, अमिनोएसिडलगायत शरीरलाई अत्यावश्यक पर्ने पौष्टिकताले भरिपूर्ण कोदोको सेवनले रगतमा बोसो र कोलेस्टोरोल घटाउने तथा चिसो लाग्नबाट जोगाउने राष्ट्रिय कृषक समूहका पूर्वअध्यक्ष समेत रहेएका उद्धव अधिकारी बताउँछन् । उनका अनुसार कोदोलाई “हिमालयन सुपर फुड” को रुपमा लिइन्छ । उनी भात मात्रै खाने संस्कृतिलाई न्यूनीकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम सुरुआत गर्न कोदोको प्रवद्र्धन आवश्यक रहेको बताउँछन् ।

राष्ट्रिय कृषक समूहका अध्यक्ष नवराज बस्नेत अहिलेको सुअन्न भनेर चिनिने खाद्यान्नभन्दा अब्बल गुण कोदोमा हुने बताउँछन् । जिल्लामा दोस्रो कोदो दिवसको अवसर पारेर यही साउन १५ गते कोदोको महत्व र उपयोगिताका बारेमा राष्ट्रियस्तरको कार्यक्रम समेत आयोजना गरिएको थियो । राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल, कृषि पत्रकारहरुको संस्था अनाज नेपालको संयुक्त पहलमा कोदो दिवस मनाउन सुरु गरिएको हो । स्रोत ः रासस

VIEWS: 249