उद्यम केन्द्र मार्फत कृषिलाई व्यावासायिक बनाउने अभियानमा छु ः सुमार्गी

Tuesday, August 16th, 2022 |

 

 

सिन्धुली ३१ साउन

कृषि उद्यम केन्द्रका सभापती अरुण राज सुमार्गीले आफुले कृषिलाई व्यावसायिक बनाउने अभियानमा लागिपरेको बताएका छन् । सिन्धुली उद्योग बाणिज्य संघको साधारण सभालाई संवोधन गर्दै उनले सो कामका लागि आफुले सय किसान अभियान चलाएको जानकारी दिए । अभियान मार्फत देशभर रहेका व्यावसायिकलाई जोड्ने र उत्पादन देखी बजारीकरण सम्ममा काम गर्ने योजना सहित लागि परेको समेत बताए ।

अभियान कै क्रममा यस वर्ष अर्थमन्त्रीसँग बजेट भन्दा अगाडिनै सल्लाह गरेर वितरण मुखी अनुदान कार्यक्रम हटाई उत्पादन पछिको अनुदान र सहुलियत ऋणमा बजेट राखिएको उनको भनाइ छ । नेपालमा कृषि उत्पादनको उच्च संभावना भएकाले सहि र उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन बृद्धी गर्न सकिनेमा आफु विस्वस्त भएको उनले बताए ।

अभियानकै क्रममा काम गर्दा संयुक्त राष्ट्र संघको Autonomous Intergovernmental Institution for the useof Micro–algae Spirulina Against Malnutrition (IIMSAM) संस्थाले आफुलाई मानार्थ सल्लाहकार राखेकाले अझ काम गर्न सहज हुने उनले जानकारी दिए । कृषि उद्यम केन्द्रमा आफु आउँदा सबै तिर बेरुजु थियो त्यो सबै मिलाउँदा मिलाउँदै धेरै समय लागेको अब दु्रत गतिमा काम गर्न आफु लागि परेको पनि सुमार्गीले बताए ।

VIEWS: 234