हिमेश विकको अध्यक्षतामा कृषि पत्रकार महासंघको सुदुरपश्चिम शाखा गठन

Wednesday, August 10th, 2022 |

 

काठमाडौ २५ साउन

पत्रकार हिमेश विकको अध्यक्षतामा कृषि पत्रकार महासंघ नेपालको सुदूर पश्चिम प्रादेशिक शाखा गठन भएको छ । सुदूर पश्चिम प्रदेशका ९ वटै जिल्लाका क्रियाशील पत्रकारहरुको धनगढीमा भएको भेलाले विकलाई अध्यक्षका रुपमा चयन गरेको हो ।

प्रदेश शाखाको उपाध्यक्षमा तर्क राज भट्ट कन्चनपुर, सचिवमा तेज बोहरा बझाङ, सह–सचिवमा अनिता चौधरी कैलाली, कोषाध्यक्षमा सरस्वती साफरी क्षेत्री कैलाली, सदस्यहरुमा रेखा कलौनी बझाङ, भागरथी सामन्त दार्चुला, धनी कोली डडेल्धुरा, राजन जैगडी धनगढी, देबराज पाध्य बाजुरा, सुरज सुनार अछाम, दिपक नेपाली कन्चनपुर, मोहन बहादुर चन्द वैतडी चयन भएका छन् ।

सो कार्यक्रमलाई संबोधन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनारले कृषि पत्रकार महासंघले आफ्नो संस्थालाई पहिलो पटक सुदूरपश्चिमबाट विस्तार गरेकोमा खुशी व्यक्त गरे । देश कृषि प्रधान भएपनि कृषि क्षेत्रको विकास हुन नसकिरहेका बेला कृषि क्षेत्रको विकासका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा उनि आशावादी छन् ।
सो कार्यक्रममा कृषि पत्रकार महासंघको केन्द्रबाट अध्यक्ष बैकुण्ठ भण्डारी र महासचिव पवन श्रेष्ठको उपस्थिती रहेको थियो ।

VIEWS: 182