पुष्प खेती विस्तारका लागि कृषि उद्यम केन्द्र र नगरपालीका विच सम्झौता
कैलाली २७ असार
धनगढी उपमहानगरपालिका र कृषि अनुसन्धान तथा उद्यम केन्द्र बीच पुष्प खेती कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ ।
समझदारी अन्तर्गत केन्द्रले फुल खेती गर्न आवश्यक प्राविधिक व्यवस्था गर्ने,व्यवसायीक फुल खेती गर्नका लागि नयाँ जातिको फुलको बिरुवा निशुल्क वा सहुलियत मुल्यमा उपलब्ध गराउने,फुल खेती गर्न आवश्यक तालिम संचालन गर्ने,उत्पादित फुलको बजारीकरण गर्न सहयोग गर्ने। सँगै उपमहानगरपालिकाले पुष्प खेती गर्न कृषक,कृषक समुह वा कृषि सहकारी छनोट गर्ने,पुष्प खेती गर्न आवश्यक स्थान जग्गा उपलब्ध गराउने, र उत्पादित फुलको बजारीकरण गर्न सहयोग गर्ने लगायत उल्लेख छ ।
सम्झौतामा नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र उपमहानगरपालिका प्रमुख गोपाल हमालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
धनगढीमा फूलको राम्रो उत्पादन गरी फूलको शहर बनाउन केन्द्रले उपमहानगरपालिकासंग सहकार्यको सुरुवात गरेको
केन्द्रका सभापति सुमार्गीले जानकारी दिए ।
सुमार्गीले केन्द्रले भविष्यमा थप कार्यक्रमलाई समेत जोड्दै लैजाने पनि बताए । समझदारीमा हस्ताक्षरपछी उपमहानगरपालिका प्रमुख हमालले केन्द्रसंग सहकार्य गर्न पाउदा खुशी व्यक्त गरेका छन् । उनले धनगढीलाई फूलमा आत्मनिर्भर बनाउन आफु लागि परेको समेत बताए ।