अर्थतन्त्र सुधार गर्न उत्पादन र कृषि सँग जोडिनुपर्छ ः सुमार्गी

Sunday, June 5th, 2022 |

 

काठमाडौँ २२ जेठ

 

कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपाली  अर्थतन्त्रलाई गतिशिल र सधै चलायमान बनाउन अब स्वदेशी उत्पादन र कृषि सँग जोडिएर काम गर्न आवश्यक भएको बताएका छन् ।

विरगंज उद्योग वाणिज्य महासंघको ४६ औ बार्षिक साधारण सभालाई संवोधन गर्ने क्रममा सुमार्गीले उक्त विषय उठाएका हुन् । कार्यक्रममा प्रमु्ख अतिथिको रुपमा संबोधन गदै अर्थमन्त्रधी जनार्दन शर्माले विरगंज एउटा मधेश प्रदेशको अर्थतन्त्रको हव भएकाले सो क्षेत्रलाई उत्पादनसँग जोड्दै गरिबी न्यूनिकरणमा काम गर्न उद्योग बाणिज्य संघ अगाडि बढोस भन्ने चाहाना रहेको बताए ।

अहिलेको बजेटले कस्मेटिक रुपमा भएपनि केहिहदसम्म कृषि र उत्पादनको विषयलाई उठाएको र यो विषयलाई अझ मुर्तरुपमा अगाडि लैजानुपर्ने समापति सुमार्गीको भनाइ छ । सोहि कार्यकालागि आफुले कृषि क्षेत्रमा उत्पादन देखी बजारीकरण सम्ममा काम गर्न सय किसान अभियान सुरुवात गरेको पनि कार्यक्रममा जानकारी गराए ।

विरगंजलाई आर्थिक रुपमा एउटा राजधानिको रुपमा विकास गर्नुपर्ने र त्यसको लागि स्वदेशी उत्पादनसँग जोड्नुपर्ने उनको सुझाव छ ।
सुमार्गीले सय किसान अभियानको एउटा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरको थानाभ¥याङमा ४ विगाह जमिनमा कृषि उत्पादन सहित एकिकृत नमुना फार्म निर्माणमा विगत ४ महिना यता काम गदै आएका छन् ।

VIEWS: 231