सय किसान अभियानका लागि मुल्यश्रृङखलाका पात्रहरुसँग छलफल

Friday, June 3rd, 2022 |

 

काठमाडौँ २० जेठ

कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले सय किसान अभियानका लागि मुल्यश्रृङ्खलामा काम गर्ने किसान, व्यावासयि, बिउ कम्पनि आदीको अवलोकन भ्रमण गरेका छन् ।

विहिबार काठमाडौको चन्द्रगिरी क्षेत्रमा व्यावसायिक गोलभेँडा खेती गर्ने किसानसँगै गोलभेँडा संकलनमा काम गर्ने एन. एर. सी फुड्स एण्ड भेजिटेवल कम्पनीको अवलोकन गरी उत्पादन र बजारीकरणलाई राम्रोसँग जोडन सय किसान अभियानले काम गर्ने सुमार्गीले बताए ।

 

अवलोकन भ्रमणको क्रममा गोदावरीमा रहेको सर्वश्रेष्ठ सिड कम्पनीको अवलोकन गर्दै नेपालमा अहिले जसरी काम हुदै आएको छ यसलाई अझ परिस्कृत र परिमार्जीत गर्दै लैजान आवश्यक भएको सुझाव उनले दिए । कम्पनीले उन्नत प्रविधिबाट नेपाली सिर्जना जातको गोलभेँडा, भक्तपुरे लोक्कल काक्रो, रायोको साग आदीको बिउ उत्पादन गरी बजारीकरणमा काम गर्ने आएको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रवेश श्रेष्ठ सहितको टोली कृषि नै पढेर नेपालमा केहि राम्रो गरौ भन्ने अभिप्राय सहित बिउ उत्पादन र अनुसान्धानमा लागि परेका छन् ।

त्यसैगरी अवलोक भ्रमण कै क्रममा यार्सा एग्रो रिसर्च सेन्टर गोदाबरीको पनि अवालोक गरी च्याउ उत्पादन तथा बजारीकरणमा सय किसान अभियानले कसरी काम गर्न सकिन्छ भन्ने सन्र्दभमा छलफल समेत भएको थियो । अवलोकनको क्रममा सहभागिहरु विच नेपालमा वायो पेष्टिसाइड प्रयोगको संभावनाको सम्बन्धमा पनि छलफल भयो ।

VIEWS: 200