कृषिका कुरामात्रै होईन काम गरौं : सुमार्गी

Monday, June 20th, 2022 |

 

युएई ६ असार

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले कृषिमा कुरामात्रै गर्ने तर काम नगर्ने प्रबृत्ती बढेकाले उत्पादनको एक सुत्रिय योजना बनाई तत्काल कार्यान्वयनमा लाग्न आग्रह गर्नुभएको छ ।

देश आर्थिक रुपमा बलियो बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सको आयोजनामा दुबईमा आयोजित स्वागत सम्मान तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं सुमार्गीले बाहिर हल्ला गरेजस्तो नेपालमा आर्थिक संकट नभएको बताउनुभयो ।

देश टाट पल्टियो भनेर अनावाश्यक हल्ला फैंलाएको छ सुमार्गीले भन्नुभयो, यो सिमित व्यक्ति र समुहको स्वार्थको लागी गरिएको निराधार प्रचार हो । पारिवारिक तथा व्यवसायिक भ्रमणको क्रममा युएईमा रहनु भएका सफल व्यवसायी तथा बागमती प्रदेशको मुख्यमन्त्रीका बिज्ञ सल्लाहकार सुमार्गीले अब स्वदेशमा नैं रोजगारको सिर्जना हुने आश्वासन दिनुभयो । कृषि क्षेत्रमा भएका सम्भावना र योजनाहरु बारे प्रष्ट पार्दै सुमार्गीले केही बर्षमै नेपाल मल लगायत कृषिमा आत्मनिर्भर हुने बताउनुभयो । नेपाली उत्पादन अब विश्वबजारमा पुग्ने र उपभोग गर्न पाइने सुमार्गीले बताउनुभयो । यसकालागि प्रवासमा रहने नेपालीहरुले महत्वपुर्ण भुमिका खेल्न सक्ने भन्दै सुमार्गीले मुल्य श्रृङखलाको कुनै एउटा क्षेत्रमा रहेर काम गर्न समेत आग्रह गरे ।

VIEWS: 209