किसानको पसिनाको मुल्य खै ? भुस भन्दा सस्तो चैते धान

Sunday, June 19th, 2022 |

 

झापा ५ असार

झापा गौरादह–४ मा नवराज बरालले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए । धान ७५ मन फल्यो । तर, धानको मूल्यले लगानी पनि नउठ्ने भएपछि उनि धेरै चिन्तित छन् । चैते धानले मूल्य राम्रो नपाएपछि अर्को वर्ष चैते धान लगाउने कि नलाउने भन्ने दोधारमा छन्, उनी ।

‘चैते धानको त मूल्य नै छैन नि १,’ उनी भन्छन्, ‘खर्च पनि उठ्दैन । मनको ६ सयदेखि ६ सय ५० मात्र छ । अर्को वर्ष लगाउने कि नलगाउने भन्ने दोधारमा छु ।’ आजकाल खेतीमा काम गर्ने जनशक्ति पनि छैन । खेतीको काम सबै कृषि औजारबाट हुँदै आएको छ । यो खर्चिलो पनि रहेको उनी बताउँछन् । ‘उत्पादन खर्च बढेको छ । तर, लगानी पनि उठ्दैन । कसरी कृषि पेसा गर्ने रु,’ उनी भन्छन् ।

नमुना एकीकृत सहकारी खेतीले पनि चैते धान लगाएको छ । तर, चैते धानको मूल्य कम हुँदा समस्या भएको अध्यक्ष वेदनिधि चपागाईं बताउँछन् । ‘भुस प्रति केजी १५ रुपैयाँ पर्छ । चैते धान १२ देखि १५ रुपैयाँमा मात्र बिक्री हुन्छ । अनि धानभन्दा भुस सस्तो भएन रु,’ उनी भन्छन्,‘किसानको लागत नै उठ्दैन । बरु खेती नगर्दा त घाटा भएन नि त्यही भएर खेती नै नगर्ने अवस्था आएको छ ।’

सरका चैते धानको समर्थन मूल्य नतोक्दा पनि कृषक समस्यामा परेको उनी बताउँछन् । ‘सरकारले समर्थन मूल्य पनि तोक्दैन । अब समर्थन मूल्य तोकेर कृषकलाई प्रोत्साहन गर्नुपर्छ,’ उनी भन्छन् । समयमा मल नपाउने समस्या त्यहीँमाथि उत्पादन भएको धानले मूल्य नपाउँदा कृषक समस्यामा छन् । ‘मल समयमा पाइँदैन । पारि ९भारत०बाट ल्याउनुपर्छ । च्तयो पनि डुब्लिकेट भइदिन्छ । किसानका दुःख कति कति,’ चापागाईं भन्छन् ।

यसपटक चैते धानको मूल्य विगतको तुलनामा निकै कम रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । ‘यसपटक सधैँको भन्दा पनि मूल्य कम छ । हुनुपर्ने भन्दा कम छ । अहिले ६६० देखि ६८० सम्म छ,’ उनी भन्छन्, ‘चिसोमा धान काटिने भएका कारण चिसोमै बेच्दा कम हुन्छ । तर, चैते धानको मूल्य आठ सयदेखि हजार हुँदा मात्र कृषकको लगानी उठ्छ । स्रोत ः रासस

VIEWS: 213