नेपाली मौलिक खाना प्रवद्र्धन जरुरी

Thursday, May 5th, 2022 |

 

काठमाडौँ २२ बैशाख

नेपाली परम्परागत मौलिक खानालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिइउको छ । सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव एवं राष्ट्रिय सेफ दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा एशोसिएशनका अध्यक्ष श्याम लामाले सातै प्रदेशमा यो कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन साना होटलदेखि तारे होटलसम्म नेपाली खानाको मेनु राख्नुपर्ने लामाले बताए । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर अगाडि बढ्नुपर्छ”, अध्यक्ष लामाले भने । नेपाली आन्तरिक हवाइ उडानमा समेत नेपाली खानाको प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव थियो ।

होटल एशोसिएशन अफ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली परम्परागत एवं मौलिक खानामार्फत पर्यटन प्रवद्र्धनमा लाग्नका लागि नेपाली सेफहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाली खानालाई देश–विदेशमा प्रवद्र्धन गर्नका लागि हान एशोसिएशनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । आलीबाट थालीसम्मका अभियान्ता लक्ष्मणप्रसाद भण्डारीले १२७ प्रकारका खानालाई व्यावसायीकरण गर्नसके मुलुकमा खानामार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भने ।

विसं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनले विसं २०७२ मा सेफ्स एशोसिएशन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । उक्त फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दा बढी विद्यार्थीलाई होटल तालिम प्रदान गरिसकिएको बताए । एशोसिएशनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ ।

एशोसिएशनका पूर्वअध्यक्ष रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिशसन लाग्नुपर्नेमा जोड दिए । एशोसिएशनको तथ्याङ्कानुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

कार्यक्रममा सन् २०१५ मा चीनमा सम्पन्न चाइनिज कुजिङ वल्र्ड च्याम्पियन विजेता सेफ रेशमकुमार लामा तामाङ, पदम आलेमगर, कृष्णकाजी बस्नेत र सुवर्णमान कर्माचार्यलाई सम्मान गरिएको थियो ।यस्तै सेफ पेशामा २५ वर्ष पूरा गरेका वरिष्ठ सेफ र एशोसिएशनका पूर्वअध्यक्षलाई समेत सोही अवसरमा सम्मान गरिएको थियो । एशोसिएशनको स्थापना दिवसका अवसरमा विभिन्न जातजातिका खानालाई समेटेर ‘खाना महोत्सव’ समेत गरिएको थियो ।स्रोत ः रासस

VIEWS: 214