किसानलाई बजारीकरणमा सहयोग गर्छौ : सुमार्गी

Friday, May 27th, 2022 |

 

काठमाडौँ १३ जेठ

 

उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले भक्तपुरमा रहेको न्यू अर्गानिक कृषक समूहका किसानहरुको फार्म अवलोकन गर्दै किसानलाई ग्रेडिङ प्रोसेसिङ र स्तरिय प्याकेजिङ गरी बजारीकरण गर्न सहयोग गर्ने बताएका छन् । सो फार्मलाई उनले सामुहिक ब्यवसायिक खेतीको नमुना फार्म रहेको प्रतिक्रिया पनि दिएका छन् ।

विहिबार भक्तपुरको पलासेमा न्यू अर्गानिक कृषक समूहका ५२ जना किसानले गरेको ५ सय रोपनी गोडभेँडा खेतीको अवलोकन भ्रमण गर्ने क्रममा किसानले उत्पादन सँगै ग्रेडिङ र प्रोसिसिङमा पनि ध्यान दिनुपर्ने भएकाले सो कार्यका लागि आफुले सक्ने सहयोग समूहका किसानलाई गर्ने बताएका हुन् ।

किसानहरुसँगको छलफलका क्रममा सुमार्गीले आवस्यकता हेरी टमाटरको बाई प्रोडक्ट बनाउने उद्योग सञ्चालन गर्न सहजिकरण गरिदिने प्रतिवद्दता पनि ब्यक्त गरेका छन् । तर सोका लागि बृहत योजना प्रस्तुत गर्न उनले किसानलाई सुझाए ।
भक्तपुरको पलाँसे क्षेत्रका ३ प्लटमा रहेको उक्त समूहको व्यावसायिक गोलभेँडा खेती साँच्चै नै हेर्न लायक र नमुना रहेकाले यस प्रकारको फार्मलाई सहयोग गर्न आफु सधै तत्पर रहने सुमार्गीले बताए ।

अर्गानिक ट्रेड सेन्टरका रामकृष्ण चौलागाँई संयोजकत्वमा न्यू अर्गानिक कृषक समूहमा आवद्ध किसानहरुले विगत २ वर्ष देखी भक्तपुरमा ५ सय रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा गोलभेँडा खेती गर्दै आएका छन् । फार्ममा प्राविधिक सहयोग अर्गानिक ट्रेड सेन्टर प्रा.लिले गरेको छ भने कर्मा गु्रप र मेघा बैंकको सहकार्यमा केहि रकम सरल कृषि कर्जाको रुपमा प्रदान गरिएको छ ।

समूहका अध्यक्ष राम कृष्ण चौलागाई आफै थाइल्याड गइ ३ महिना व्यावसायिक गोलभेँडा खेती तालिम गरेको र नेपालमै विगत ७ वर्ष देखी कृषि कार्यमा प्रत्यक्ष संलग्न रहदै ब्यवसायिक कृषिमा सफल किसान भएकाले सो को अनुभबमा सामुहिक खेती गरिएको बताए ।
उनका अनुसार बजारीकरण र सहुलियत कर्जाको ब्यवस्था सहित आगामी बर्ष एक हजार रोपनीमा यस फार्मलाई बिस्तार गरिने छ । सो फार्ममा ५२ सदस्यका १८० परिवार सदस्य सहभागी रहेका छन् ।

VIEWS: 315