पशुपालन र कृषिलाई प्राथमिकतामा राख्न माग

Tuesday, April 12th, 2022 |

काठमाडौँ २९ चैत्र

व्यावसायिक बाख्रापालन महासङ्घ नेपालले सरकार आगामी आर्थिक वर्षको लागि बनाउने नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको छ ।

महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआरको पूर्ण खोपको व्यवस्था, दुर्घटना बीमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भत्ता व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्न सरकार सँग माग गरेका छन् ।

महासङ्घका कोषाध्यक्ष दीपक गौतमले कृषिमा लागेका जनसङ्ख्याको ६० प्रतिशतले बाख्रापालन गर्ने भए पनि स्वदेशी उत्पादनका लागि सरकारले उचित नीति बनाउन नसकेकाले भारतबाट बाख्रा आयात भइरहेकामा चिन्ता व्यक्त गरे । पशुपालन क्षेत्रमा बीमा कम्पनीले बीमा लिन नखोज्ने, लिएकाको भुक्तानी ढिलाइ गर्ने समस्याले यो क्षेत्रमा युवाको राम्रो आकर्षण बढाउन गाह्रो भएको उनिहरुको भनाइ छ । ।

VIEWS: 40